23.1 C
Kathmandu

सिफारिश भइसकेका डोटीका थापाको नाम काटेर तारागाउँमा लुँइटेल कसरी भित्रिए ?

काठमाडौं । डोटीका महेन्द्र थापा मगरको नाम तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्तिका लागि २ साता अगाडि नै सिफारिश भइसकेको थियो । पर्यटन मन्त्रालयले मन्त्रीलाई सिफारिश गरेको थापाको नाम स्वीकृत नभएर नारद लुँइटेल नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुधबारको मन्त्रिस्तरीय निर्णयबाट तारागाउँ विकास समितिको सदस्य सचिवमा लुँइटेललाई आगामी ४ वर्षको लागि नियुक्त गरेका हुन ।

सदस्य सचिव नियुक्त भएपछि लुँईटेलले बुधबार नै पदभार ग्रहण गरेका छन । तारागाउँ विकास समितिको यस अघि पनि सदस्यसचिव रहेका लुँईटेलले हायात होटलले मिचेको जग्गा फिर्ता ल्याउन र सरकारको शेयर बढाउनमा लविङ गर्दै आएका थिए । लुँइटेलले यस अघि गरेको प्रयासलाई सार्थक बनाउन र सरकारी सम्पत्ति जोगाउन आफ्नो महत्वपूर्ण भूमिका हुने पनि बताएका छन ।

मन्त्रीले लुम्बिनी विकास कोषमा सदस्यसचिवसहित पूरै सदस्य नियुक्त गत साता नै गरेका थिए । पर्यटन बोर्ड सदस्यमा पनि दुइ जनालाई नियूक्त गर्दा सँगै तारागाँउमा पनि नियुक्त गर्ने गरी थापाको नाम सिफारिश गरेका थिए । तर, तारागाउँमा नियुक्ति भने लुइटेलले पाए । यस अघि नमिलेको विषय मिलाउन र मन्त्री आलेले उपयुक्त पात्रसहित आर्थिक लाभ दिन सक्ने र तारागाउँको भित्रि कुरो बुझेको व्यक्ति नियुक्त गरेको अनुमान गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार