23.1 C
Kathmandu

भिजिट भिसा र श्रम भिसामा जाने छुट्टाछुट्टै प्रस्थान द्वार हटाइयो

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टाछुट्टै प्रस्थान द्वार बुधबारबाट हटाइएकोछ । छुट्टै प्रस्थान द्वारको व्यवस्थाले श्रमिकमाथि दोस्रो दर्जाको नागरिक सरह व्यवहार भएको भन्दै विरोध हुँदै आइरहेको थियो ।

‘छुट्टाछुट्टै प्रस्थान द्वार राख्दा श्रमिकलाई दोश्रो दर्जाको व्यवहार भयो कि भन्ने गुनासो थियो ।आजदेखि श्रमिकले छुट्टै लाइनमा बस्नुपर्ने या कुनै पनि झन्झटिलो प्रक्रिया लिन नपर्ने गरी व्यवस्था गरिएको छ,’ बुधबार विमानस्थल पुगेका श्रममन्त्री किसनकुमार श्रेष्ठले भने, ‘जसरी अरु यात्रुहरू जानुहुन्छ, अब त्यसरी नै श्रमिकहरू पनि जान पाउनु हुन्छ ।’

श्रम मन्त्रालयले बुधबारबाटै लागू हुने गरी श्रम डेस्कसमेत हटाएको छ । विमानस्थलमा राखिएको श्रम डेस्कका कारण श्रमिकहरूले अनावश्यक दुःख खेप्नु परेको भन्दै त्यसलाई हटाइएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार सूचना प्रणाली ९फेमिस० मा पेश भएको कागजातको आधारमा श्रम स्वीकृति जारी गरिने भए पनि श्रम डेस्कले कागजात नमिलेको भन्दै विमानस्थल प्रवेश पाइसकेका श्रमिकलाई रोक्दै आएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार