29.1 C
Kathmandu

विकास बजेट बढाउन टुक्रे आयोजना पनि नछोड्नु, पुँजीगत खर्च ९० प्रतिशत जसरी नि चाहिन्छ -अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक बर्ष ०७८–७९ को पुँजीगत खर्च ९० प्रतिशत पु¥याउन निर्देशन दिएका छन् ।

पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समिक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोही अनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जबकी बजेटको मध्यावधि समिक्षाले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो’ उनले भने । ‘त्यो लक्ष्यमा पुग्न नसक्ने सुन्दा म चिन्तित छु तर अहिलेसम्म केही बिग्रेको छैन । हामी सबैले प्रयास गरौं । यसो गर्दा लक्ष्य भेट्टाउन खासै गाह्रो पर्दैन ।’

पुँजीगत खर्च ९० प्रतिशत पु¥याउन अर्थ मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाए । बढी पुँजीगत बजेट भएका मन्त्रालयले कम खर्च गरेको र आवको अन्त्यसम्म पनि पुँजीगत खर्च उल्लेख्य मात्रामा गर्न नसक्ने जानकारी दिएका थिए ।

मन्त्री शर्माले बढी पुँजीगत खर्च भएका मन्त्रालयको प्रगति सन्तोषजनक नहुनु चिन्ताको बिषय भएको बताए । ‘कम पुँजीगत खर्च बिनियोजन भएका मन्त्रालयले धेरै प्रतिशत प्रगति देखियो तर पुँजीगत खर्च धेरै गर्ने दायित्व बोकेका मन्त्रालयले खर्च नै गर्न सकेनन् । यो चिन्ताको बिषय हो’ उनले भने ।

बजेटमा सरकारी लगानीका आयोजना, बैदेशिक स्रोतका आयोजना र साना आयोजना गरी मन्त्रालयले कार्यक्रम बनाई कार्यान्वनय गर्दै आएको तर साना आयोजनालाई वेवास्ता गर्दा जनताले विकासको अनुभुति लिन नपाएको उहाँको भनाई थियो ।

‘साना टुक्रे आयोजना जनताका लागि महत्वपूर्ण हुनसक्छन् । यस्ता आयोजनालाई बेवास्ता गर्नुभएन’ उनले भन्नुभयो, ‘यस्ता साना आयोजना सम्पन्न नहुँदा कहिलेकाँही हामीकहाँ समेत राजनीतिक दबाब आउने गर्छ ।’ बैदेशिक स्रोतका आयोजना पनि डकुमेन्ट मिलाउन नसक्ने, प्रविधिबारे जानकार नहुने र नीतिगत समस्याका कारण ढिला भइरहेको भन्द उनले चिन्ता व्यक्त गरे ।

कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रमको समयसिमा बारे अझै बुझ्न नसक्दा कार्यान्वयनमा जटिलता थपिएको बताए । ‘कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रम अझै बुझेका छैनन् । कार्यक्रम सकिन कति समय लाग्छ भन्ने यकिन नै भएको छैन । २ बर्ष लाग्ने कार्यक्रमलाई एक बर्षे् योजनामा राखिएको छ’ उनले भने, ‘अनुसन्धान र तयारी नगरी बजेटमा कार्यक्रम राख्दा यस्तो समस्या देखिएको हो ।’

अर्थमन्त्री शर्माले बजेट कार्याक्रममा अधिकांश मन्त्रालयल अलमलिन थालेको र स्थानीय तह वा प्रदेशले गर्ने कामसमेत संघीय बजेटमा समावेश गर्ने गरेको बताए । प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने भनेर कार्यक्रम बनाइएको हुन्छ तर बजेट चाँही संघीय मन्त्रालयमा हुन्छ । यस्तो किन गर्ने ?’ उनले संघीय मन्त्रालयले बजेट आफुसँग राखेपछि कार्यविधि बनाउन ६ महिनासम्म लगाइदिने र स्थानीय तह तथा प्रदेशलाई काम गर्न बजेट नै नदिने गरेको अनुभव आफुसँग रहेको बताए ।

‘मठ, मन्दिर स्थानीय तहले बनाउने भनिन्छ तर बजेट केन्द्रमा राखिएको छ । यसो किन गर्नुपरो ? स्थानीय तहलाई नै बजेट दिए भइहाल्छ नी’ उहाँले भन्नुभयो, ‘कृषिको बजेट पालिकाहरुमा हालिदिने, ४–५ सय घरधुरीलाई पानी बितरण गर्ने खानेपानी आयोजना सोझै प्रदेशलाई दिने गरी बजेट निर्माण गर्नुस् ।’ बजेट खर्च गर्न नसक्ने निकायले फाइल अड्काएर प्रदेश र स्थानीय तहलाई समेत काम गर्न नदिएको उहाँले गुनासो गरे ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कमजोर पुँजीगत खर्च गर्ने प्रवृत्तिबाट आफु निराश भएको बताए । ‘भएको बजेटको कार्यान्वयन हे¥यो भने २० प्रतिशत पनि पुगेको छैन तर थप बजेटको माग गर्ने स्थिति हे¥यो भने बिकराल छ’ उहाँले भन्नुभयो, ‘अहिले भएकै बजेटलाई व्यापक उपयोग गर्नुस् ।’ उहाँले भएको बजेटको कार्यान्वयन गर्न र थप बजेट माग गरेर क्षमता भन्दा बढी काम गर्ने प्रयत्न नगर्न सुझाव दिए ।

आगामी बजेट निर्माणमा कमजोरी सुधार्न निर्देशन
बजेट कार्याक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिए । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेका जानकारी दिदै उहाँले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वनयमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला पेश गर्न निर्देशन दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार