26.1 C
Kathmandu

पेट्रोलको मूल्य १५० रुपैयाँ पुग्यो, डिजल र मट्टितेलमा पनि ५ रुपैयाँ नै बढ्यो

काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले विहीबार रातीदेखि लागू हुने गरी आजै साँझ पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५÷५ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर १३३ रुपैयाँ पुगेको निगमले विहीबार साँझ जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निगमले हवाई इन्धन र ग्यासमा भने मूल्य बृद्धि गरेको छैन । मूल्य बृद्धि पछि पनि निगमलाई पेट्रोलमा १६.२८, डिजेमा ११.७८ रुपैयाँ प्रतिलिटर र ग्यासमा प्रति सिलिण्डर ६६५.३४ रुपैयाँ घाटा छ । मट्टितेमा प्रतिलिटर १९.५१ रुपैयाँ र हवाई इन्धन अन्तरिकमा २३.०८ र अन्तष्ट्यिमा ६०.२६ रुपैयाँ प्रतिलिटर नाफा रहेको निगमले जानकारी दिएको छ ।

मूल्य बढ्दा पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ५० करोड ३२ लाख रुपैयाँ घाटा छ । निगमका अनुसार भारतीय आयल निगमबाट पेट्रोलिय पदार्थको मूल्य बढेर आएकोले निगमले पनि घाटा कम गर्न मूल्य बढाएको उल्लेख छ । रसिया युक्रेन तनावका कारण पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्यि बजारमा बढेकै कारण नेपालमा पनि त्यसको असर देखिएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार