26.1 C
Kathmandu

विमानस्थलभित्र रेस्टुरेन्ट चलाउन सम्झौता विपरित संरचना

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलभित्र रहेको रेस्टुरेन्ट चलाउन सम्झौता विपरित संरचना निर्माण भएको छ । आन्तरिक टर्मिनलको पहिलो तलामा २०६४ देखि होटल स्वागिनले सञ्चालन गर्दै आएको रेस्टुरेन्ट चलाउन विमानस्थल कार्यालयले सम्झौता विपरित संरचना बनाउन दिएको पाइएको छ ।
विमानस्थलको पहिलो तलामा १५० वर्गमिटर क्षेत्रफलमा रहेको रेस्टुरेन्ट कोरोना महामारीपछि बन्द छ । यो रेस्टुरेन्टमा जान यात्रुले आवश्यक सुरक्षा जाँच पछि बोडिङ पासमा छाप लगाउनुअघि नै बाहिरकै भर्याङ प्रयोग गरेर रेस्टुरेन्ट जाने गरेका थिए । महामारीपछि स्टेराइल हलको बाहिर र यात्रु चेकजाँच पछि रेटुरेन्टमा जाने सुविधाको भर्याङ बन्द छ । तर, अहिले त्यहीँ रेस्टुरेन्ट चलाउन आवश्यक सुरक्षा जाँच पार गरेका र बोडिङ पाससमेत लिएर प्रतिक्षालयमा बसेका यात्रुलाई सेवा दिने भन्दै भित्रैबाट भर्याङ बनाउन दिइएको छ ।

यो संरचनाले विमानस्थल भित्रको स्वरूप बिग्रिएको र विमानस्थल कार्यालयले स्वानिगलाई सम्झौता विपरित थप संरचना बनाउन दिएको पाइएको छ ।आन्तरिक विमानस्थलको प्रतिक्षालयमा पुगिसकेका यात्रु आवश्यक चेकजाँज भइसकेका हुने भएकोले पुनः माथि रेस्टुरेन्टमा जान दिनु सुरक्षा दृष्टिले भने उपयुक्त नभएको एक आन्तरिक वायुसेवाका कर्मचारीले बताएका छन । उनका अनुसार बाहिरबाट यात्रु नगएको र रेस्टुरेन्ट नचलेका बहानामा सम्झौता विपरित संरचना बनाउन दिनु भनेको रेस्टुरेन्ट चलाउने नयाँ जुक्ति मात्रै हो ।

यो रेस्टुरेन्टले तीन महिनाको २१ लाख ७२७ रुपैयाँ भाडा विमानस्थल कार्यालयलाई तिर्ने गरी सम्झौता गरेको छ । रेस्टुरेन्टले मंसिर २० मा पछिल्लो समय भाडा तिरिसकेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार रेस्टुरेन्ट जाने बाटो कोभिडकै कारण पूर्ण रूपमा बन्द गर्ने र थप संरचना बनाउँदा जे जति लागत लाग्छ त्यो सबै निर्माण गर्ने कम्पनीले नै व्यहोर्ने गरी निर्णय गरेर दिइएको हो ।

आन्तरिक विमानस्थल कार्यालयका अनुसार उक्त रेस्टुरेन्ट खोल्ने वा बन्द गर्ने विषयमा बहस भएसँगै विमानस्थलको कर्पोरेट कार्यालयले निर्णय गरेको देखिएको छ । विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार लामो समयदेखि विमानस्थलमा हालीमुहाली गरिरहेका श्रेष्ठकै इच्छाअनुसार विमानस्थल कार्यालयले सहजै निर्णय गरेको छ । यो रेस्टुरेन्टले भर्याङ राख्दा स्वारूप बिग्रनुका साथै साँघुरो पनि भएको विमानस्थलका अधिकारी बताउँछन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोला गुरागाईं पनि कोभिडकै कारण बन्द भएको रेस्टुरेन्ट खुलाउन भित्रैबाट भर्याङ राख्ने सुविधा दिइएको हो । उनका अनुसार बाहिर निस्कन नपाउने र स्टेराइल भएका यात्रुलाई सेवा दिन तथा भीआईपी गेस्टलाई पनि सहजै सेवा दिने उद्देश्यले यस्तो सुविधा दिइएको हो ।

रेस्टुरेन्टका सञ्चालक सुवास श्रेष्ठले महामारिपछिको दुई वर्षदेखि आफूले भाडा तिरिरहेको भएपनि सञ्चालन हुन सक्ने अवस्था नभएको हुँदा विकल्प खोजेर रेस्टुरेन्ट चलाइएको बताए । महामारीपछि भित्रैबाट यात्रुलाई रेस्टुरेन्टमा जाने सुविधाले कोभिड नियन्त्रणमा सहयोग हुने र भिडभाड केही हदसम्म भएपनि नियन्त्रण हुने भएकोले आफूले भित्रैबाट भर्याङ प्रयोग गरेको श्रेष्ठले स्वीकार गरे । श्रेष्ठका अनुसार यात्रु नजाने, रेस्टुरेन्ट खोल्न थप लगानी गर्न सक्ने अवस्था नभएको, विमानस्थल कार्यालय र एयरलाइन्सको अनुरोधमा उक्त संरचना बनाइएको हो । विमानस्थल भित्रको कफि सप आफ्लै चलाएको हुँदा सोही स्थानबाट माथि जाने बाटो बनाएको श्रेष्ठको भनाइ छ । यसले यात्रुलाई नै सेवा दिन सहज बनाएको उनि उनको तर्क छ । श्रेष्ठ भन्छन, ‘रेस्टुरेन्टमा गएर केही यात्रु बस्दा केही हदसम्म भएपनि प्रतिक्षालयमा भिडभाड हुने भन्दै विमानस्थल कार्यालय र एयरलाइन्सकै जोडबलमा उक्त सेवा दिइएको हो ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार