26.1 C
Kathmandu

कमिसन नबढाएको निहुँमा इन्धन ढुवानी बन्द

काठमाडौँ / इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको निहुँमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि बिक्रेतालाई दिँदै आएको कमिसन नबढाई पुरानै कायम राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।

निगमका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो । तर निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च बनेपछि नोक्सानी बढेको बताउँदै निगम सञ्चालक समितिले बिक्रेतालाई पुरानै कमिसन कायम राख्ने राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको बताइएको छ ।

थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालका अनुसार डिपोबाट सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन् भने निजी पम्पहरुले तेल उठाएका छैनन । निजी व्यवसायीहरुले देशभर तेल नउठाएको उनले बताए । थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजार देखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ ।

‘बिक्रेता कमिसनको क्यालकुलेसन नमिलेकोले इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी नभएको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । उनले भने-‘देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी भएको छैन । कमिसन मिलेपछि इन्धन ढुवानीका लागि पीडीओ जारी हुन्छ ।’

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार