24.1 C
Kathmandu

६४ प्रतिशतले खोप पाएका छैनन् कसरी हुन्छ सार्वजनिक स्थलमा जाँदा खोप अनिवार्य ?

काठमाडौं । नेपालमा हालसम्म २ करोड ५३ लाख डोज मात्रै भित्रिएको छ । यसबाट हालसम्म १ करोड सात लाखले मात्रै खोप लगाउन पाएका छन् । खोपको मात्रा पूरा गर्ने नेपालीको संख्या भने जम्मा ३६ प्रतिशत मात्रै रहेको सरकारी तथ्यांमा उल्लेख छ । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने नेपालमा अझै ६४ प्रतिशत नेपालीले खोप पाएका छैनन् ।

आइतबारको कोभिड १९ नियन्त्रण तथा समन्वय केन्द्र (सीसीएमसी)ले होटल, रेस्टुराँ, डिस्को बार तथा आन्तरिक उडानमा जाँने यात्रुका लागि कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

यो निर्णय कार्यन्वय हुन सक्ने अवस्थामो मूल्यांकन भने सरकारले गरेको छैन् । अझै ६४ प्रतिशत नेपालीले खोप लगाउनै बाँकी छ । खोपको मात्रा पूरा भएका ३६ प्रतिशतलाई मात्रै आधार बनाएर गरिएको यस्तो निर्णयका कारण सरकारले आफैंले खोप लगाउन भिडभाड गराउने, खोपको सहजीकरण नगर्ने र पहुँच सबैमा नपुर्याई अपरिपक् निर्णय गरेको आरोप सार्वजनिक स्थलमा जानुपर्ने तथा सम्बन्धित सरोकारवालाले बताएका छन् ।

सरकारले माघ ७ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने ।’ बैठकले २५ जनाभन्दा बढी मानिसहरु भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना गर्न नपाउने निर्णय गरेको छ ।

सार्वजनिक स्थानहरु कार्यालय, होट, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कआदि प्रवेशमा कोरोना खोप कार्ड अनिवार्य रुपमा बोक्नुपर्नेछ । साथै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने समेत निर्णय गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार