26.1 C
Kathmandu

नेपालमा पहिलो पटक कृषि कर्जा मेला हुँदै, नबिल बैंकले साथ दिने

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धि राष्ट्रिय संवादमा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्ससंग सम्झौता गरेको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा यही २०७८ माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धि राष्ट्रिय संवादको आयोजना आरएण्डडी इनोभेटिभ सोलुसन्सले गर्दैछ ।

कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उद्देश्य रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख श्री निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटिभका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको कृषि लगानी सम्बन्धि राष्ट्रिय संवादको प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको श्री निरज कुमार बस्नेत (डनिल) ले बताए । उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।

मेलामा सुनिता न्हेम्हाफूकीले भनिन् “सबै बैंक/वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ ।

नेपालमा नै पहिलो पटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिवर्तन ल्याउनेछ भन्नेमा विश्वस्त रहेको बताए ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार