23.1 C
Kathmandu

ज्येष्ठ पत्रकारलाई सरकारले अब मासिक भत्ता दिने

काठमाडौं /सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने भएको छ। सूचना तथा प्राविधि मन्त्रालयले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८’ बनाएर फागुन ११ गते ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

जसअनुसार अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजारका दरले भत्ता पाउने भएका छन्।

यसलाई ज्येष्ठ पत्रकार वृत्ति भनिएको छ। नेपाल पत्रकार महासंघले लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई सुझाव दिँदै आएको थियो। महासंघले मन्त्रालयको यो निर्णयको स्वागत गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार