24.1 C
Kathmandu

पेट्रोलको खरिद मुल्य १६५ पुग्यो, ग्यासको ६६५ घाटाले निगमले १५ दिनमै ३ अर्ब गुमाउने

काठमाडौं । पेट्रोलको खरिद मुल्य १६५ पुगेगको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन (आइओसी)ले तेलको मूल्य बढाएर पठाएको छ । रुस र युक्रेनबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य प्रतिव्यारेल ९५ देखि १०५ डलरसम्म पुगेकाले लागत बढ्दा मूल्य बढेर आएको निगमले बताएको छ ।

आयल निगमका अनुसार ७ फागुनमा भएको मूल्य समायोजनको तुलनामा पेट्रोलमा ३.८९, डिजेलमा ३.०८, मट्टितेलमा १०.३०, हवाई इन्धनमा ३.३२ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिण्डर ९९.१७ रुपैयाँले बढेर आएको आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार निगमलाई प्राप्त मूल्य अनुसार खरिद मूल्य पेट्रोलको १६५.५२, डिजेलको १४४.०८, मट्टितेलको ११३.३१, हवाई इन्धनको आन्तरिकमा १११.५९, हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फको ९५.२६ रुपैयाँ प्रतिलिटर पुगेको छ । एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य २२४०.३४ रुपैयाँ पुगेको पनि निगमका सहप्रवक्ता पुष्कर कार्कीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

निगमलाई आईओसीले नयाँ मूल्य पठाएको भएपनि निगमले भने इन्धनमा कुनै मूल्यबृद्धि गरेको छैन् । ७ फागुनमा गरेको मूल्य समायोजन अनुसारकै पेट्रोल १४५, डिजेलरमट्टितेल १२८, हवाई इन्धन आन्तरिक १२६ रुपैयाँ प्रतिलिटर बाह्य हवाई इन्धन १.१९५ डलर प्रतिलिटरमा बिक्री गरिरहेको छ । ग्यासको मूल्य पनि १५७५ रुपैयाँमै बिक्री गरिरहेको जानकारी दिएको छ ।

निगमका अनुसार इन्धनको मूल्य बढेर आउँदा पेट्रोलमा प्रतिलिटर २०.५२ र डिजेलमा १६.०८ प्रतिलिटर घाटा छ । ग्यासमा पनि ६६५.३४ रुपैयाँ प्रति सिलिण्डर घाटा छ । यस्तो घाटाका कारण आयल निगमलाई १५ दिनमै ३ अर्ब ९ करोड १२ लाख रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार