23.1 C
Kathmandu

नेपाल आयाल निगमले सरकारसँग माग्यो ४ अर्ब

काठमाडौं / भारतीय आयाल कर्पोरेसन आईओसी लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन नेपाल आयाल निगमले नेपाल सरकारसँग ४ अर्ब रुपैयाँ रकम माग गरेको छ ।

नष्मका अनुुसार पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको हो । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम माग गरेको हो ।

इन्धन खरिदको २५ अर्ब रुपैयाँ आगामी २४ फागुनमा आईओसीलाई बुझाउनु पर्ने छ । यसका लागि रकम अभाव भएपछि निगमले ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन सरकारसँग माग गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । कुल १३ अर्ब रहेको यस्तो कोषबाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार