24.1 C
Kathmandu

आगामी वर्षलाई १७ खर्ब ९३ अर्बको बजेट सीमा, सुरु भयो बजेट निर्माणको प्रक्रिया

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्बको बजेट सीमा तय भएको छ । मध्यमकालीन खर्च संरचना २०७८र७९ अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा कुल १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सीमा हुने भएको हो।

योजना आयोगले यसै सीमा भित्र रहेर निकायहरुलाई सिलिङ तोकिदिएको छ । चालु आवमा सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

संविधाने १५ जेठमै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेका कारण सरकारले बजेट निर्माणको प्रक्रिया सुरु भएको हो । यसका लागि सरोकारवाला सरकारी संयन्त्रले काम थालेका छन् । यसै सन्दर्भमा बजेट निर्माणको प्रक्रियामा रहेका सरकारी निकायका लागि राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन र ढाँचा पठाएको छ । उक्त मार्गदर्शन अनुसार सरकारी निकायले बजेट तथा कार्यक्रम र मध्यमकालीन संरचना निर्माण गर्दा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणका उपायलाई प्राथमिकतामा राख्नु पर्नेछ ।

नेपालले आगामी ५ वर्षको तयारीपछि अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने समय पाएको छ । सो सन्दर्भलाई समेत बजेट तथा कार्यक्रमले प्राथमिकता दिनु पर्ने राष्ट्रिय योजना आयोगले जारी गरेको मार्गदर्शनमा उल्लेख गरिएको छ । योजना आयोगले भनेको छ आर्थिक सामाजिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिँदै उत्पादनशील रोजगारी सिर्जना एवम् उत्पादक तथा उत्पादकत्व वृद्धि र समतामुलक वितरण प्रणाली सुनिश्चित हुने गरी कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार