26.1 C
Kathmandu

बलात्कारको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

दाङ / बलात्कारको आरोपमा नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट बानियाँलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेका अनुसार ४० वर्षीया एक महिलाले माघ २७ गते बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तीनै महिलाको उजुरीको आधारमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

आफू र बानियाँवीच रकम लेनदेनकको कारोबार रहेको र रु.२५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको पीडिले जाहेरीमा उल्लेख गरेकी छिन् । सोही रात संसद बाँनियाले आफूलाई जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । संसद बानियाँले भने महिलाले आफूमाथि झुटो आरोप लगाएको भन्दै त्यसको खण्डन गर्दै आइरहेका थिए ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार