26.1 C
Kathmandu

मल ल्याउन भारतसँग नेपालले गर्याे जीटूजी सम्झौता

काठमाडौँ/ नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतसरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सोमबार सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

५ वर्षका लागि गरिएको यो सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध संचालक राजेन्द्रबहादुर कार्कीका अनुसार यसरी ल्याइने मलमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी आयात गरिने छ ।

उक्त अवसरमा बोल्दै सचिव चतुर्वेदीले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषि सहकार्य अघि बढ्ने बताए । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार