26.1 C
Kathmandu

हवाई इन्धनको मूल्य १० रुपैयाँ बढ्दा हवाई भाडा ४४५ बढ्यो, नियमन कमजोर कि भाडाको लागत नै महंगो ?

काठमाडौं । हावाई इन्धनको मूल्य १० रुपैयाँले बढ्दा हवाई भाडा भने ४४५ रुपैयाँसम्मले बढेको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएपछि वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालक संघले नयाँ निर्णय गर्दै विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । जसअनुसार विभिन्न गन्तव्य अनुसार न्यूनतम ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म हवाई भाडा बढेको छ ।

जसमा सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढीको हकमा ४४५ रुपैयाँले भाडा वृद्धि भएको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनमा हाल १५ दिनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा घाटा व्यहोर्दै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार