26.1 C
Kathmandu

डिजिटल करेन्सीमा कारोबार नगर्न र गरेको भए फिर्ता लिनुस्, सरकारले कडा कारवाही गर्दै छ : अर्थमन्त्री

काठमाडौं । डिजिटल करेन्सीमा कारोबार नगर्न र गरेको भए फिर्ता लिन अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् । सरकारले यस्तो कारोबार नियमन गर्न कडा कारवाही गर्ने पनि उनले बताए । अर्थमन्त्री शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन्।

बिहीबार एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे। कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन्।

प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई उनले निर्देशन दिए। अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार