23.1 C
Kathmandu

पर्यटन विकासका लागि एकिकृत प्रयास विज्ञहरुको जोड

काठमाडौं/ देशको समग्र पर्यटन विकासका लागि सरकार निजी क्षेत्र र नागरिक स्तरबाट समेत एकिकृत प्रयास आवश्यक भएको पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै मुख्य सचिव शङ्करदास बैरागीले पर्यटनका लागि कसैको एकल प्रयास भन्दा पनि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए ।“पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक छ । सबै मिलेर जाऔं, छिन्न, भिन्न भएर भन्दा पनि समन्वयकासाथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ । सरकार पनि नीतिगत सुधारको लागि प्रयासरत नै छ । आउने नीति तथा कार्यक्रममा केही सुधार अवश्य हुन्छ ” उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रिया अघि बढेको बताए । उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले बोर्डले गरिरहेका कार्यबारे प्रस्तुतिकरण गर्दै पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तरराष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए । उनले कोभिडपछि नेपालको पर्यटन लयमा फर्किदै गएको समेत जानकारी दिए ।

उक्त अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोला, नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्सट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज ९नारा० का अध्यक्ष शिव अधिकारी, बोर्डका पूर्व सदस्यद्वय दीपक महत, किशोर पाण्डे, पर्यटन विज्ञ अनु लामा, पर्यटन व्वसायी राज ज्ञवाली,पत्रकार कनकमणि दिक्षित लगायतले पर्यटन क्षेत्रको विकासका अन्तर लागि हवाई सेवालाई सर्वसुलभ बनाईनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवालाई थप प्रभावकारी बनाउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्नु पर्ने सुझाव दिएका थिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार