29.1 C
Kathmandu

बुद्धले ठूलो जहाजबाट सुर्खेत उडान गर्ने, हवाई भाडा ४ हजारले सस्तिदै

काठमाडौं । बुध्द एयरले पुसदेखि ठूलो जहाजबाट उडान गर्ने भएको छ । पुस १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ नामक ७२ सिटकै जहाजबाट उडान गर्ने भएको छ । अहिले यो गन्तव्यमा बुध्द एयरले ४२ सिट क्षमताको जहाजबाट मात्रै उडान गर्दै आएको छ ।

काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट हुने भएपछी टिकटको मूल्य पनि सस्तिने बुद्ध एयरको भनाइ छ ।

हाल एटीआर ४२ विमानले काठमाडौं सुर्खेत उडानमा न्यूनतम १० हजार ९९५ रुपैयाँ लिँदै आएकोमा एटीआर ७२ विमानले ७ हजार रुपैयाँ लिने भएको छ ।

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न बुध्द एयरले जनाएको छ ।

हाल सञ्चालनमा रहेको एटिआर – ४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बुध्द एयरको भनाइ छ ।

‘सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको थियो । एटीआर(७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् ।

ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन्,’ बुध्द एयरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आगामी पुष १ गतेदेख दैनिक बिहान १०स्०० बजे काठमाडौँबाट सुर्खेत र ११स्३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले सार्वजनिक गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार