26.1 C
Kathmandu

आयात खोलेपनि भन्सारमै रोकिए २६ सय सवारी, किन अड्कियो नेपालमा हाहाकार भएको बेलामा गाडी

काठमाडौं । सरकारले गाडी आयात आगामी पुसदेखि खुला गरेका भएपनि अहिले नै २६ सय वटा गाडी भन्सारमै रोकिएका छन । नेपालमा ८ महिनादेखि प्रतिवन्ध लागेको बेला पनि भन्सारमा यति धेरै गाडी अड्किएका छन् ।

भन्सार विभागका अनुसार नेपाल भित्रिएका यी गाडी व्यवसायीले खरिद गरेर ल्याएका सवारी हुन । ती सवारीको भन्सार क्लियरेन्स नगरेका कारण अड्किएका हुन । नेपाल ल्याउँदा तीन गुणासम्म भन्सार तिर्नुपर्ने भएकोले व्यवसायीले नेपाल नभित्र्याएको भन्सार विभागका प्रवक्ता पुन्यबिक्रम खड्काले बताए ।

व्यवसायीले भने किनेको मूल्यभन्दा बढी भन्सार तिर्नुपर्ने र नेपालमा ल्याएर व्यापार नहुने भएकोले उतै भाडा तिरेर राख्दा सस्तो पर्ने भएकोले नल्याएको बताएका छन । नाडा अटोमोबाइल एशोसिसनका अध्यक्ष ध्रुव थापाका अनुसार नेपालमा ल्याउँदा तीन गुणासम्म भन्सार तिर्नुपर्छ ।

उक्त भन्सार तिरेर ल्याउँदा पनि नेपालमा बिक्री नहुनेले भएकोले नेपाल ल्याउन नसकिएको बताए । यी गाडी प्रतिवन्ध लागको भन्दा नलागेका गाडी बढी भएको थापाको भनाइ छ ।

प्रतिबन्धले वार्षिक १ खर्बको कारोबार गर्ने अटो क्षेत्र प्रभावित भयो । भन्सार विभागका अनुसार सवारी साधनमा ३ सय प्रतिशतसम्म भन्सार लाग्ने भएकाले यसबाट सरकारले पाउने राजस्वमा सबैभन्दा बढी असर परेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार प्रतिबन्धपछि सवारी साधनमा मात्रै राज्यले चालू आवको पहिलो ३ महिनामा २१ अर्ब रुपैयाँ राजस्व गुमाएको छ ।

गत आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा मात्रै ३४ अर्ब रुपैयाँ राजस्व सवारी साधन र यसका पाटपूर्जा आयात बाट संकलन भएको थियो । यो वर्षको तीन महिनामा जम्मा १३ अर्ब मात्रै राजस्व आम्दानी भएको छ

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार