29.1 C
Kathmandu

पर्यटन व्यवसायी संगठनको तेस्रो महाधिवेशन गर्न सात कमिटि, महाधिवेशन साउन १३ गते काठमाडौंमा

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन साउन १३ गते काठमाडौंमा गर्न विभिन्न सात वटा कमिटि गठन भएको छ । यसका लागि शुक्रवार उक्त व्यवसायी संगठनले विस्तारित बैठक महाधिवेशन आयोजक कमिटि गठन गरेको हो ।

नेकपा एमाले निकट पर्यटन व्यवसायीको यस संघठनले विस्तारित बैठक महाधिवेशन आयोजक कमिटी गठन गरेरै जाने निर्णय गरेको छ । महाधिवेशन आयोजक कमिटिको संयोजक पूर्णबहादुर कुँवर छन ।

महाधिवेश सम्पन्न गर्न विभिन्न कमिटि गठन भएको छ । यस्तो कमिटिमध्ये आर्थिक कमिटीमा कलाधर बराल ,लीला लामा र कमल नेपाल छन । प्रतिनिधि छनोट कमिटीमा पूर्ण बहादुर कुँवर, राजेन्द्र सापकोटा र यमबहादुर खड्का छन । अथिति सत्कार कमिटीमा प्रदीप आचार्य, जीवन थपलिया, विदुर खतिवडा र जया बराल रहेका छन ।

मंच व्यवस्थापन कमिटीमा जीवन थापा मगर, प्रह्लाद लोहनी र दीपक दाहाल छन । घोषणा पत्र तयार गर्ने कमिटीमा घनेन्द्रबहादुर श्रेष्ठ, डा. आलोक प्रसाई र टिकाराम गुरुङ छन् ।

कार्यालय व्यवस्थापन गर्ने सम्बन्धि कमिटिमा कलाधर बराल, सुधीर उपाध्याय, राम वली दास तथा प्रचारप्रसार कमिटीमा मदन भण्डारी, बासु लम्साल र विष्णु पान्डे रहेका छन् । कमितिमा आवश्यकता अनुसार सदस्य थप गर्न सकिने प्रावधान राखिएको छ ।

महाधिवेशन प्रतिनिधि हुन भने आगामी साउन ७ गते सम्म बन्ने सदस्यता लिइसक्नुपर्ने निर्णय पनि बैठकले गरेको संगठनका प्रतिनिधि छनोट समिति सदस्य यमबहादुर खड्काले बताए ।

महाधिवेशन तयारी समितको उक्त बैककमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिधिको उपस्थिति थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार