23.1 C
Kathmandu

रेमिट्यान्स बढ्दा डलर सञ्चिति बढ्यो, अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ?

काठमाडौं । रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । डलर आम्दानीको स्रोत बढ्दा अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना (जेठ)सम्मको तथ्यांक अनुसार अर्थतन्त्रमा विदेशी मुद्रा भित्रने स्रोतमा सुधार देखिएको छ ।

तथ्यांक अनुसार जेठ महिनामा रेमिट्यान्स आय ९२ अर्ब रुपैयाँले बढ्दा विदेशी मुद्रा संचिति पनि १७ करोड डलरले बढेको छ । वैशाखको तुलनामा जेठमा रेमिट्यान्स तथा विदेशी मुद्रा सञ्चिति बढेको, देश भित्रने भन्दा बाहिरिने रकम (शोधनान्तर) घाटा कम भएको, निर्यात बढेको र बैंकहरूको कर्जा विस्तार ठप्प हुँदा अर्थतन्त्रमा भने सुधारको संकेत देखिएको छ ।

वैशाख महिनाको तुलानामा जेठमा बैंकिङ प्रणालीमा तरलता बढ्नु, सरकारको खर्च बढ्नु र आयात निरुत्साहनको नीतिले अर्थतन्त्रमा सुधार देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालू आवको जेठसम्ममा मूल्य बृद्धि भने साढे ८ प्रतिशत नाघेको छ । यस्तो मुद्रास्फिति अधिल्लो वर्षको सोही महिनामा ४.१९ प्रतिशत मात्रै थियो । यस्तो मूल्यबृद्धि गत महिना वैशाखमा साढे ७.८७ प्रतिशत थियो । पछिल्लो समय मूल्य बृद्धि भने उपभोक्ताको ढाड सेकिने गरी बढिरहेको छ ।

मूल्य बृद्धि आन्तरिक कारणले मात्रै नभएर बाह्य कारणलेसमेत बढीरहेको हुँदा दोहोरो अंकमा पुग्ने अनुमान अर्थतन्त्रका जानकारहरूको छ । हरेक महिना बढेको मूल्य बृद्धि र आगामी महिना आउने मौद्रिक नीतिपछि बैंकको ब्याजदर बढ्ने संकेत गरिएकोले मूल्य बृद्धि दोहोरो अंकमै पुग्ने अनुमान पनि भइरहेको छ ।

अर्थतन्त्रका अन्य सूचकको मापन गर्ने आधार विदेशी मुद्रा सञ्चितिमा २९ अर्ब ९६ करोड रुपैयाँले सुधार भएको छ । शोधनान्तर स्थिति पनि १८ अर्ब ६९ करोड रुपैयाँले सुधार भएको छ ।

विदेशी मुद्राको सञ्चितिले एक साताको आयात धान्ने क्षमता बढेको छ । वैशाखसम्ममा ६ महिना १९ दिनको आयात धान्न सक्ने डलर सञ्चिति थियो भने जेठमा यसको क्षमता बढेर ६ महिना २४ दिन पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार