23.1 C
Kathmandu

गौतम बुद्धमा व्यावसायिक उडानका लागि विश्वभरका वायुसेवा कम्पनीलाई निम्तो

काठमाडौं / नेपालले विश्वभरका वायुसेवा कम्पनीलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानका लागि निम्तो दिएको छ ।

‘विंग्स इन्डिया स् ग्लोबल एभिएसन समिट २०२२’ को उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्यस्तो निम्तो दिएका हुन् । दक्षिण भारतको तेलंगानास्थित हैदराबादमा आयोजित समारोहमा मन्त्री आलेले यस्तो निम्तो दिएका हुन ।

‘नेपालले भगवान् बुद्धको जन्मजयन्तीको साइत पारी १६ मे ९जेठ २० देखि व्यावसायिक सञ्चालनका लागि विमानस्थलको तयारी पूरा गरेको छ । म उडानसँग सरोकार राख्ने सबैलाई बुद्धको जन्मथलोमा निमन्त्रणा गर्न चाहन्छु,’ मन्त्री आलेले भने ।

नेपालसहित १५ मुलुक तथा भारतका २५ प्रदेश सरकार सहभागी कार्यक्रममा मन्त्री आलेले भैरहवा सञ्चालन भएको ६ महिनापछि पोखरामा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको समेत जानकारी दिए । उनले अब सञ्चालनमा आउन लागेको पोखरा र भैरहवा विमानस्थललाई जोड्न लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन पनि अनुरोध गरे ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार