26.1 C
Kathmandu

६३ करोड लगानीमा देवघाटमा तीनमुखे पुल बन्ने 

काठमाडौं /धार्मिकस्थल देवघाटको देवघाटमा त्रिशुली नदी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा चिवतन, नवलपुर र तनहुँलाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । यसका लागि अनुमानित ६३ करोड रुपैयाँ लाग्ने बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागले यो आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । अहिले यस क्षेत्रमा रहेका तीन जिल्लालाई एक साथ जोड्ने अर्को संरचना छैन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई त्रिशुली नदीमाथिको झोलुंगे पुल तयार गरिने छ ।

यसअघि यस्तो डिजाइनको पुल गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी रिडी क्षेत्रमा बनिरहेको छ । यस्तो संरचना निर्माण हुने दोस्रो गन्तव्य देवघाट बन्ने भएको छ । यी दुई क्षेत्र धार्मिक दृष्टिकोणबाट नेपालका चर्चित गन्तव्यमा पर्छन् ।

 

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार