23.1 C
Kathmandu

किसानले पाउने दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ, अब बजारमा बढेकै मूल्य लागू हुने

काठमाडौं । सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।

यस अघि किसालने पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो । पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण भएकोले किसानले पाउने दूधको मूल्यमा करिब ६ रुपैयाँ ८८ पैसाले बृद्धि भएको एक वरिष्ठ पशु विज्ञले लोकान्तरलाई बताएका छन । उनका अनुसार बढेको मूल्य अनुसार अब प्रशोधित दूधको मूल्य कति हुने भन्ने विषयमा भने दूग्घ विकास संस्थान (डीडीसी)सँगको समन्वयमा निर्धारण हुने उल्लेख छ ।

कच्चा दूधको मूल्य तय भएपछि अब किसानबाट संकलन हुनेदेखि प्रशोधन भएर बजारमा जानेसम्मको लागत मूल्य तय गर्नुपर्ने हुन्छ । दुवानीसहित प्रशोधनको लागत पनि हिसाव गरेपछि उपभोक्ताले पाउने नयाँ मूल्य पनि निर्धारण हुने भएको छ । मूल्य बढ्दा उपभोक्तको हितमा असर नपर्ने गरी अब बजारमा दूधको मूल्य बढ्न पनि सक्ने ति पशु विज्ञको तर्क छ ।
राष्ट्रिय दूग्ध विकास नीति २०७८ को बुँदा ८ अनुसार कच्चा दूधको मूल्य निर्धारण गरेको हो ।

यसले अब हरेक दुई दुई वर्षमा दूधको मूल्य अद्यावधिक गरिने बाटो पनि खुलेको छ । यस अघि साढे दुई वर्ष पहिले दूधको मूल्य बढेको थियो ।

दूधको कच्चा मूल्य निर्धारणपछि अब नेपाल पनि छिमेकी देश सरहको मापदण्डमा मूल्य निर्धारणको मापदण्डमा पुगेको पनि उल्लेख छ । यसमा किसानले उत्पादन गर्ने न्यूनतम गुणस्तर र मूल्य निर्धारण गर्न सकिएको पनि उल्लेख छ ।

सरकारको निर्णयपछि कृषि तथा पशुपन्धी विकास मन्त्रालयले अब डीडीसीबाट दूधको नयाँ मूल्यको प्रस्ताव माग गर्ने छ । डीडीसीको बोर्ड बैठकले दिएको प्रस्तावलाई मन्त्रालयले दिने सहमति पनि अब नयाँ मूल्य निर्धारण हुने पनि उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार