29.1 C
Kathmandu

धमाधम कारबाहीमा पर्दै बीमा कम्पनी, एकैदिन १२ कम्पनीलाई जरीवाना

काठमाडौं । बीमा कम्पनी धमाधम कारवाहीमा पर्न थालेको छन । एक दिन अघि मात्रै प्राइम लाइफ कारवाहीमा परेको थियो भने त्यसको एक दिन पछि १२ कम्पनी कारवाहीमा परेका छन । बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ ।

समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

जरिवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । तर बीमा कम्पनीहरुले जानी–जानी उल्लङ्घन गरेकाले जरिवाना गरिएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार