29.1 C
Kathmandu

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ जेठ १९ देखि

काठमाडौं । एनआईसी एशिया बंैक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ जेठ १९ देखि जारी हुने भएको छ ।

प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित हुने भएको छ । बाँकी न्युनतम ८ करोड ५० लाख इकाईको भने जेठ १९ देखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

उक्त योजनाको प्रमुख विषेशता योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप हो । यसका साथै मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण भएको छ । यसमा क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार