29.1 C
Kathmandu

सामसङको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर बजारमा

काठमाडौं/ कन्ज्युमर इलेक्ट्रोनिक्स एवं रेफ्रिजेरेटर ब्रान्ड सामसङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल बजारमा ल्याएको छ । कम्पनीले आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधाको रेफ्रिजेरेटर बजारमा ल्याएको हो ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसोपानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको कम्पनीले जनाएको छ । यो स्टाइलिस स्टेनलेस स्टिलको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित पाँच सय ७९ लिटरमा उपलब्ध रहेको जनाइएको छ ।

यसमा रहेको ट्विन कुलिङ प्लस प्रविधिले फ्रिज र फ्रिजर खण्डहरूलाई बेग्लाबेग्लै चिसो राख्दै गन्धहरू फैलिनबाट रोक्न र खाद्य सामग्रीहरूको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्ने दाबी गरिएको छ । पावर कुल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकाले आवश्यकताअनुसार आइस र चिसोपानी छिटो चाहिँदा कुर्नुनपर्ने जनाइएको छ ।

धेरै फलफूल र सागसब्जीहरू राख्नका लागि यसमा २१।७ लिटर क्षमता भएका ठूला क्रिस्परहरू र दुई लिटर सहजै अट्ने ठूला डोरबिनहरू राखिएका छन् । दुईवटा सेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या नहुने कम्पनीले जनाएको छ । यसमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टरले ५० प्रतिशतसम्म विद्युत् खपत कम गर्ने र यो प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको कम्पनीले जनाएको छ ।

पाँच सय ७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको मूल्य तीन लाख रुपैयाँ तोकिएको छ । यो रेफ्रिजेरेटर सामसङ प्लाजा वेबसाइटका साथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जालमार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरमा उपलब्ध रहेको जनाइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार