23.1 C
Kathmandu

२० वर्ष नाघेका सार्वजनिक सवारीसाधन ३५ दिनभित्र पत्रु बनाउन वाग्मती सरकारको निर्देशन

काठमाडौँ / प्रदेशभित्र सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि वाग्मती प्रदेश अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले मंगलबार एक सूचना निकाल्दै २० वर्ष नाघेका पुराना सार्वजनिक सवारीसाधनलाई ३५ दिनभित्र पत्रु बनाउन निर्देशन दिएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९(४) अनुसार सुरु दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा तीस वर्ष र अन्य सवारीको हकमा बीस वर्ष नाघेका सार्वजनिक सवारीलाई पत्रु गर्नुपर्ने व्यवस्था उल्लेख छ । यहि व्यवस्थालाई टेकेर मन्त्रालयले बीस वर्ष नाघेका सार्वजनिक सवारीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पत्रु बनाउन निर्देशन दिएको हो । । मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा यसरी पत्रु बनाउनु पर्ने सार्वजनिक सवारी साधनको संख्या करिव ५ हजारको हाराहारीमा रहेको छ ।

यसरी पत्रु बनाउनु पर्ने सवारी साधनले प्रचलित कानुन बमोजिम हालसम्म तिर्नुपर्ने राजस्व भने बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।२०७२ साल चैत १ मा बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुगेका पुराना यात्रुवाहक सवारी हटाउने वा पत्रुमा रूपान्तरण गर्ने भन्दै निर्णय गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार