29.1 C
Kathmandu

चारतारे झण्डा सर्वोच्च सिखर सगरमाथामा

ओखलढुंगा / आरोही ग्याल्जेन शेर्पा र  पेमारिन्जि शेर्पाले पहिलो पटक नेपाली कांग्रेस पार्टीको झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् । ओखलढुंगा जिल्ला खिजीदेम्बा ९ का शेर्पाद्वय जेठ १० गते बिहान ६ः३६ बजे सगरमाथाको शिखरमा पुगेको बताइएको छ । 

आरोही शेर्पालाई नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्व प्रकाश शर्माले चुनाव चिन्ह रूख  र पार्टीको झण्डा हस्तान्तरण गरेका थिए । पार्टीको झण्डा हस्तान्तरण गर्दै महामन्त्री शर्माले सगरमाथाको सफल आरोहणका लागि शुभकामना दिएका थिए । 

नेपाली काँग्रेस ओखलढुङ्गाको पहलमा विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली काङ्ग्रेस पार्टीको झन्डा फहराउने उद्देश्य बोकेर चैत  ११ मा शेर्पाद्वय सगरमाथा प्रस्थान गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव अजय लुइटेलले बताए । 

नेपाली काँग्रेस ओखलढुङ्गाले सगरमाथाको सफल आरोहण गरि पार्टीको झण्डा सर्वोच्च शिखरमा पुर्याएका शेर्पालाई बधाई दिएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार