29.1 C
Kathmandu

सिम्रिकको एउटा जहाज दुर्घटनाको असर, कम्पनीका सबै उडान प्रतिवन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको एउटा जहाज दुर्घटना हुँदा सबै उडानमा रोक लगाएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकको जहाजहरुको निरीक्षण र थप अध्ययन गर्नुपर्ने भएकोले सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।

शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन एजेजेड हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।

एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

सिम्रिक एयरको दुर्घटना ग्रस्त विमानको र अन्य जहाजको समेत क्षेत्रमा संस्थाको लेखा परीक्षण सम्पन्न नभएसम्म उडान रोकिने उनले बताए ।

शुक्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरमा सवार क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जना परेका छन् । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ भने ४ जना घाइतेको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार