26.1 C
Kathmandu

भृकृटीमण्डमा अटो मेला, एउटै छानामुनी लाखदेखि करोडौका सवारी छानीछानी किन्न पाइने

काठमाडाैं । एउटै छानामुनी लाखदेखि करोडौका सवारी छानीछानी किन्न पाइने अटो मेला लागेको छ । अटो व्यवसायीहरुको कुम्भ मेला नाडा अटो शोको १५ औं संस्करण आइतबादेखि भृकुटीमण्डमा शुरु भएको छ ।

गाडी तथा मोटरसाइकलहरुको किनबेच तथा बुकिङ, नयाँ सवारीको जानकारी र विशेषताका कारण ग्राहक आकर्षित गर्ने उद्देश्यले मेला आयोजना भएको आयोजक संस्था नाडाले जानकारी दिएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म चल्ने ‘नाडा अटो एक्सपो २०२३’ शुरु भएको छ । अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका छन् ।

सवारी आयातकर्ता कम्पनीहरुले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरिरहेका छन् । कतिपय कम्पनीहरुले अटो शोमै नयाँ मोडलका कारहरु सार्वजनिक गरिरहेका छन् । तीन वर्षदेखि रोकिएको अटो शो यो वर्ष भएको र त्यसका लागि नयाँ नयाँ सवारी भित्रिएको पनि नाडाले बताएका छ ।

नाडा अटो शो सवारी खरिद बिक्री र सवारीसम्बन्धि जानकारीको लािग नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी स्थाल मानिन्छ । अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीको प्रदर्शन र बिक्री कक्ष राखिएको छ ।

अटो शोमा नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी लिन विद्यार्थी, युवापुस्ताका मेलामा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा छन ।

स्टलमा चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ वटा रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार