23.1 C
Kathmandu

धमाधम लाभांश घोषणा गर्दै बैंकहरू, दशैंलाई बोनश हात पार्लान लगानीकर्ताले ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट धमाधम वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न थालेका छन । गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत सबै कम्पनीले लाभांश बाँड्ने छ । नाफा बढी हुने कम्पनीले बढी र कम नाफा हुनेले कम लाभांश लगानीकर्तालाई दिन्छन् ।

गत वर्षको नाफाबाट सानिमा बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तो लाभांशमा बोनस ९ प्रतिशत र कर सहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

भदौ २७ गते बसेको एभरेष्ट बैंक सञ्चालक समितिको बैठकले पनि गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अब अरु बैंकहरुले पनि धमाधम लाभांश घोषणा गर्ने र बार्षिक साधारणसभाबाट पारित गरेर लगानीकर्तालाई दिने छन् । लगानीकर्ताले दशैंका लागि बोनस पाउन सक्छन् । यसका लागि बैंकले दशैं अगाडि नै साधारणसभा गर्नुपर्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार