26.1 C
Kathmandu

चामलमा कालोबजारी, अनुगमन प्रभावकारी बनाउन के गर्दै छ सरकार ?

काठमाडौं । भारतको चाल निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा चामलमा कालोबजारी भइरहेको छ । भारतले ४ साउनदेखि महंगो मूल्यको (वासतमति)बाहेकलाई जिरामसिनो सहितका चामलमा निर्यात प्रतिवन्ध लगाएको छ । भारतले चामल निर्यात नगर्ने भन्नासाथ बजारमा कालोबजारी फस्टाएको छ ।

अहिले बजारमा चामलमा प्रतिबोरा १५० देखि २५० रुपैयाँसम्मले बढीसकेको छ । बजारमा चालम हुँदाहुँदै र भएकै चालमको मूल्य बढाएर व्यवसायीले अधिक नाफा लिइरहेका छन् । भारतबाट चालम आउँदैन भनेकै दिनदेखि थोक व्यवसायीले भाउ बढाएर पठाएकोले त्यसको असर आम उपभोक्तामा परेको नेपाल खुद्रा बजार संघले जानकारी दिएको छ।

भारतको चामल निर्यात प्रतिवन्धले नेपाली बजारमा नकारात्मक असार पर्न सक्ने भएकोले त्यसालाई रोक्न सचेत हुने निर्णय गत साता नै सरकारले गरेको थियो ।

आइतवार प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव बैकुष्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको मूल्य चर्किन सक्ने र अभावसम्म सिर्जना हुनसक्ने निष्कष विषयमा चनाखो हुने निर्णय गरेको छ । सरकराले बजारमा चालम अभाव हुन नदिने, नियमित अनुगमन गरेर मूल्य नियन्त्रणमा राख्ने र अस्वभाविक हुने मूल्यबृद्धिलाई नियन्त्रयामा राख्ने प्रयास भने गरिरहेको छ ।

भारतले चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष गत साता सरकारले नै निकालेको थियो ।

चालममा प्रतिबन्ध लागेपछि बजारमा मूल्य नियन्त्रण गर्ने, नियमित अनुगमन गर्ने र कालोबजारी हुन नदिने विषयमा सचेत भए लागिसकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी गरिरहेको छ । तर, बजारमा भने उपभोत्ताले चर्को शुल्क तिरेर चालम किन्नुपर्ने बाध्यता सिर्जना भइसकेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार