29.1 C
Kathmandu

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मंगलबार दोश्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयतको सपथ लिएका हुन् ।

मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन भने खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जबेगुलाई नियुक्त गरेका छन् । नवनियुक्त तीनैजना मन्त्रीहरुले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार