29.1 C
Kathmandu

निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको अपिल, समयमा नै भुक्तानी दिन सरकारलाई के ले रोक्यो ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारसमक्ष अनुरोध गरेको ।

उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परिसंघले भन्यो, ‘कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ । निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्नुपर्ने हुन्छ ।’

सरकारले निर्माण व्यवसायीलाई काम सकेको रकमको भुक्तानी नदिएको, निर्माणाधीन आयोजनाको म्याद थप नगरेको, निर्माण व्यवसायीको जायज माग पूरा नगरेको भन्दै निर्माण व्यवसायी गत जेठदेखि नै आन्दोलनमा छन ।

सरकारले बजेटमार्फत पनि निजी क्षेत्रको माग सम्बोधन नगरेपछि व्यवसायी सरकार विरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार