23.1 C
Kathmandu

बैंकहरूले लिलामीको सूचना बढाएर अर्थतन्त्रलाई लाभ हुन्न, कम गर्ने उपाय खोज्न आग्रह

काठमाडौं । बैंकहरुले लिलामीको सूचना बढाएर अर्थतन्त्रलाई लाभ नहुने भएकोले कम गर्ने उपाय खोजिनुपर्ने तर्क निजी क्षेत्रले गरेको छ ।

पछिल्लो समय बैंकको लिलामीको सूचनामा ऋणीको फोटो हट्यो तर दैनिक पत्रपत्रिका लिलामीकै सूचनाले भरिन थाल्यो । अर्थतन्त्र समस्यामा छ र ऋणीले ऋण तिर्न सकेका छैनन् ।

समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने र किस्ता आउने वातावरण बनाउनुपर्ने निजी क्षेत्रका प्रतिनिधीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाका अनुसार बैंकले लिलामी मात्रै गर्ने हो भने कसले धितो सकार्छ ? लिलामीको सूचना बढेर फाइदा हुन्न घटाउनुपर्छ ।

उनका अनुसार पछिल्लो समय धेरैको व्यापार व्यवसाय विग्रिएको छ जसका कारण ऋणीले ऋण तिर्न सकेका छैनन् । व्यापारमा २० देखि ८० प्रतिशतले कमी आएकोले पनि बैंकबाट लिएको ऋणका किस्ता तिर्न ढिलो भएको हुनसक्छ ।

समस्यामा परेका ऋणीलाई सहजीकरण गरेर ऋण उठाउँ नत्र सबै धितो मात्रै लिलामी गर्दै जाने हो भो कस्ले सकार्छ । यसले त भोलि थप जटिलता उत्पन्न गर्ने बुझाइ पनि निजी क्षेत्रको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार