29.1 C
Kathmandu

वाणिज्य ११ अर्ब थपियो, कर्जा प्रवाह भने सबैले रोके

वाणिज्य बैंकहरुमा मंसिर दोस्रो साताको तुलनामा तेस्रो सातामा १२ अर्ब रुपैयाँ थपिएको छ । बैंकहरुमा निक्षेप बढेको भएपनि कर्जा प्रवाह भने सबैले रोकेका छन ।

नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांक अनुसार ९ मंसिरको तुलनामा १६ मंसिरसम्ममा यस्तो निक्षेप थप भएको हो । यस्तो निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून छ ।

९ मंसिरमा बैंकहरुमा ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर १६ मंसिरमा ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकहरुले कर्जा प्रवाह भने जम्मा १ अर्ब रुपैयाँले मात्रै बढाएका छ ।

उक्त अवधिमा बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँबाट निक्षेप बढाएर ४२ खर्ब २३ अर्ब पुराएका छन् ।

बैंकहरुले सीडी रेसियो मेन्टेन गर्न र निक्षेप कम संकलन भएका बैंकले नियामकीय निर्देशन पालना गर्नुपरेकोले कर्जा कम प्रवाह भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार