26.1 C
Kathmandu

चुनावले चलायमान बनाएको अर्थतन्त्र फेरि खस्कदै, १७ अर्बले बढेको निक्षेप घट्न थाल्यो

काठमाडौं । चुनावले चलायमान बनाएको अर्थतन्त्र चुनाव सकिएसँगै फेरि खस्कन थालेको छ । चुनाव अगाडिको महिना (कात्तिक)मा मात्रै १७ अर्ब रुपैयाँले बढेको निक्षेप चुनाव सकिएको पहिलो साता नै ५ अर्ब रुपैयाँले घटेको छ ।

बैंकर्स संघ नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनामा बैकहरुमा १७ अर्ब रुपैयाँ निक्षेप थप भएको थियो । कात्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप कात्तिक मसान्तमा ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको थियो ।

चुनाव सकिएसँगै अर्था ८ मंसिरमा सार्वजनिक भएको तथ्यांक अनुसार बैंकहरुबाट निक्षेप घटेको छ । यस्तो निक्षेप एक सातामै ५ अर्ब रुपैयाँले घटेको देखिएको छ ।

कात्तिक मसान्तको तुलनामा मंसिर ८ सम्ममा यस्तो निक्षेप घट्नुलाई अर्थतन्त्रमा असर परेको भन्न सकिन्छ । मंसिर पहिलो साता यस्तो निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित भएको छ ।

चुनावले चलायमान बनाएको अर्थतन्त्रका कारण बढेको निक्षेप पुन घट्नुले अर्थतन्त्रमा फेरि नकारात्मक असर परेको भन्न सकिने बैंकका विज्ञहरुले तर्क दिएका छन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार