23.1 C
Kathmandu

जगदम्बा एक्लैले खपत गर्छ ४८ मेगावाटसम्म विजुली, प्राधिकरणलाई मासिक २० करोडको तिर्ने

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज एक्लैले ४८ मेगावाटसम्म बिजुली खपत गर्ने भएको छ । यसले बिजुली खपत गरेवापत नेपाल विद्युत प्राधिकरणलाई मासिक २० करोड रुपैयाँ तिर्ने छ । जगदम्ब सबैभन्दा बढी बिजुली खपत गर्ने प्राधिरकणको लागि सबैभन्दा ठूलो ग्राहक पनि हो ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ ।

फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो । उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो ।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ । थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ ।

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए ।

‘उद्योगले अहिले ४.८ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमश: स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ,’उनले भने । ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार