29.1 C
Kathmandu

वायुसेवा निगमका अध्यक्षलाई निगमकै बोर्डले अक्षम घोषणा गर्दै, बोर्डले सोध्यो स्पष्टिकरण

काठमाडौं । सरकारले हटाउन प्रयास गरेको भएपनि अदालतको आदेशबाट पद जोगाउन सफल भएका नेपाल वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने प्रयास फेरि सुरु भएको छ ।

सरकारकारले हटाउन नसकेपछि अधिकारीलाई बोर्डले हटाउन प्रयास गरेको छ । बोर्डले उनलाई हटाउन स्पष्टिकरण सोधेको छ ।

अधिकारीले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार तथा पूर्वाधार विकासका योजना अलपत्र पार्नेदेखि निगमलाई घाटा लगाउनेसम्मको काम गरेका छन् । उनलाई सरकारले यस अघि नै २२ बुँदे स्पष्टिकरण सोधेको थियो ।

अधिकारीले पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलको पालामा २७ अर्ब खर्चेर ३ वटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्ने योजान ल्याएको थिए। त्यो योजना अहिले अलपत्र छ ।

उनले निगमलाई एकपछि अर्को गर्दै घाटा हुने काम गरेकाले सरकारले गलत्याउने प्रयासमा फेरि नयाँ प्रक्रिया शुरु भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार