26.1 C
Kathmandu

धमाधम आइपीओको सिजन, धौलागिरिको बन्द भएकै दिन खप्तड लघुवित्तको खुल्यो

काठमाडौं । धमाधम प्राथमिक शेयर निष्कासन (आइपीओ)को सिजन सुरु भइरहेको छ । सिजन भएकै कारण धौलागिरिको बन्द भएकै दिन खप्तड लघुवित्तको आइपीओ जारी भएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।

आईपीओमा आवेदन दिनेमध्ये ३० हजार ९२९ जनाले १० कित्ता सेयर हात पारेका छन् । त्यसमा पनि ५ जनाले थप १र१ कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हातखाली भएको छ ।

१८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको थियो । साउन २४ देखि २९ गतेसम्म ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष, ५ हजार १५५ कित्ता सेयर कम्पनीका कर्मचारी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

आईपीओका नजिता धौलागिरी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीले आईपीओको नतिजा थाहा थाहा पाउन बनाएको वेबसाइट तथा मेरो सेयरबाट थाहा पाउन सकिने छ ।

आजैदेखि खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा २ हजार कित्ता कम्पनीका कर्मचारी, ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ बाँकी रहेको १ लाख २३ हजार ४०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार ३२० कित्तासम्म आवेदन दिन सकिने छ ।यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार