26.1 C
Kathmandu

शेयर धितो कर्जा २४ प्रतिशतले घट्यो, साना लगानीकर्ताको पहुँच बढ्यो

काठमाडौं। शेयर धितो कर्जा २४ प्रतिशतले घटेको छ । ठूला लगानीकर्ताको यस्तो कर्जा घटेको भएपनि साना लगानीकर्ताको पहुँच बढेको छ ।

पछिल्लो एक वर्षमा २५ अर्ब ७७ करोड रुपैयाँले सेयर धितो कर्जामा संकुचन आएको छ। बैंक वित्तीय संस्थाहरुबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा गत आर्थिक वर्षको १२ महिनाको अवधिमा २४.३ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षसम्ममा कुल एक खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोवापतको कर्जास्वरुप बैंक तथा वित्त संस्थाले दिएका थिए। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा ८० अर्ब ५० करोड रुपैयाँमा झरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विशेष गरी ठूलो परिमाणमा प्रवाह हुने कर्जा घटेको छ। जसमध्ये बैंक तथा वित्त संस्थाहरुले एक करोड रुपैयाँभन्दा माथिको कर्जा करिब ३७ प्रतिशतले घटाएका हुन्। गत वर्ष एक करोडभन्दा धेरै कर्जा लिनेहरुले कुल ४६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कर्जा चलाएका छन्।

गत असार अन्त्यसम्म एक करोडभन्दा धेरैको कुल ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण बैंकहरुले दिएका थिए। त्यस्तै, सेयर धितो राखेर ५० देखि एक करोड रुपैयाँसम्म कर्जा लिनेहरु पनि घटेका छन्। ५० देखि एक करोड रुपैयाँसम्मको कर्जाको परिमाण पनि १२ प्रतिशत घटेको देखिन्छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार