23.1 C
Kathmandu

सबैभन्दा बढी कामदान जाने गन्तव्यको पहिलो सूचीमा साउदी, दोहोर्याएर कतार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो रोजाइ साउदी अरबिया भएको छ । केही वर्ष अगाडिसम्म मलेसिया आकर्षक गन्तव्य हुने गरेकोमा उक्त गन्तव्य नेपालीका लागि बन्द भएपछि विकल्पमा साउदी अरबिया हुन पुगेको हो ।

साउदी अरबियामा पछिल्लो एक वर्षमा मात्रै १ लाख २५ हजार ३७४ नेपाली पुगेका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार यो गन्तव्य जाने नेपालीको संख्या अघिल्लो आवको भन्दा ४३७ प्रतिशतले बढी हो ।

अघिल्लो आव २०७७/७८ मा नेपालबाट जम्मा २३ हजार ३२४ जना नेपाली साउदी पुगेका छन् । दोहोर्याएर जानेमा भने कतार परेको छ

यो मुलुकमा साउदीपछि सबैभन्दा बढी नेपाली पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दोहोराएर जानेमा यो मुलुक पहलो नम्बरमा आउँछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार