23.1 C
Kathmandu

विकास बैंकहरुले कमाए ६ अर्ब ६२ करोड नाफा, २ वटा बैंक अर्बपतिको सूचीमा

काठमाडौं । गत आर्थिक वर्षको नाफामा ८ वटा विकास बैंकले मात्रै ६ अर्ब ६२ करोड कमाएका छन् । गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूले पनि करिब २६ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । विकास बैंकहरूको नाफा ५ अर्ब २६ करोड रुपैयाँबाट ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

यस्तो नाफा कमाउनमो सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको छ । यो बैंकले गत आवमा १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यसले गत वर्ष नै १ अर्ब १५ करोड रुपैयाँ नाफा कमााइसकेको थियो । विकास बैंकहरूमा दुई वटा बैंकको नाफा १ अर्ब नाघेको छ ।

एक अर्ब भन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक पनि रहेको छ । यसले गत आवमा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । यसको नाफा अघिल्लो वर्ष जम्मा ८३ करोड रुपैयाँ मात्रै थियो ।

हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैैंकहरू सञ्चालनमा छन् । यी विकास बैैंकमध्ये सबैभन्दा कम नाफा भने सांग्रिला विकास बैंकको ५९ करोड रुपैयाँ मात्रै छ । अरु विकास बैंकहरूमा महालक्ष्मीको ९५ करोड, ज्योतिको ७० करोड, लुम्बिनीको ६७ करोड, साइन रेसुङ्गाको ६४ करोड, कामना सेवाको ६३ करोड रुपैयाँ खुद नाफा रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार