23.1 C
Kathmandu

गौतमश्री सहकारीले ५ पाँच अर्ब ठगेर फरार, सहकारी विभागमा पुगेर रोइकराइ गरेका बतकर्चाले फिर्ता पाउलान निक्षेप ?

गौतमश्री सहकारीले ५ पाँच अर्ब ठगेर फरार, बचतकर्ता सहकारी विभागमा पुगेर रोइकराइ गर्र्दै, फिर्ता पाउलान निक्षेप ?
काठमाडौं । कुलेश्वरको गौतमश्री सहकारीले ५ पाँच अर्ब रुपैयाँभन्दा बढी रकम ठगेर फरार भएको छ । सहकारीले बचतकर्ताको रकम ठगेर भागेपछि सहकारी विभागमा पुगेर बचतकर्ता रोइकराइ गर्र्दै पैसा फिर्ताको माग गर्न थालेको छन् ।
२० वर्षदेखि नियमति सञ्चालन हुँदै आएको यस सहकारीका अध्यक्ष रामबहादुर गौतमसहिताक सञ्चालक सम्पर्कविहिन भएका हुन् । सहकारी भागेपछि बचतकर्ता एउटैको करोडौं रकम डुब्ने देखिएको छ ।

संचालक सम्पर्कविहिन भएको थाहा पाउनाथै सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शुक्रबार शिल गरेको सूचना टाँस गरेको छ । सहकारीले एभरेष्ट बैैंकको पैसा चलाएकोले बैंकले उक्त सहकारीको भवन शिल गरेको हो । बैंकले शिल गरेको सूचना टाँसपछि सहकारीका बचतकर्ता कालिमाटी प्रहरी र सहकारी विभागको शरणमा पुगेका छन् ।

यो सहकारीमा एकै व्यक्तिले ६ करोड रुपैयाँसम्म राखेको र पैसा फिर्ता दिलाइपाउँ भन्दै सहकारी विभागमा उजुरी दिन पुगेका छन् । विभागमा आइतवार दिनभर सहकारीका बचतकर्ता बचत फिर्ता र सहकारीका सञ्चालकलाई कारवाही गर्न उजुरी दिन पुगेको छन् ।

विभागमा आइतवार दिउँसोको दर्के पानीमा भिज्दै सहकारीका वचतकर्ता उजुरी दिन लाइन लागेको छन् । आइतबार मात्रै करिब ५ सय सय बचतकर्ता उजुरी दिन सहकारी विभाग पुगेका छन् ।

सहकारीमा उजुरीमा दिन पुगेका एक बचतकर्ता विजय रञ्जितले मात्रै उक्त गौतमश्री सहकारीमा डेढ करोड बचत फिर्ता लिनुपर्ने छ । रञ्जितको परिवारका सदस्यहरू र उनी निकट साथिको मात्रै उक्त रकम सहकारीले फिर्ता नदिनएपछि उजुरी गर्न विभाग पुगेको रजिञ्जतले लोकान्तरसँग बताए ।

उनले भने ‘म र मेरो श्रीमतीले मात्रै उक्त सहकारीमा ४७ लाख रुपैयाँ बचत गरेका छौं ।’ सात वर्ष अगाडि वाणिज्य बैंकले कम ब्याज दिएका कारण सहकारीमा राम्रो ब्याजदर पाउने भएकोले पैसा राखेको रन्जितले बताए । बैंकले बचतमा डेढदुई प्रतिशत मात्रै ब्याज दिएको बेला गौतमश्रीले १४ देखि १८ प्रतिशतसम्म ब्याजदर दिएको थियो ।

‘आफन्तहरूले २० औं वर्षदेखि सोही सहकारीमा कारोवार गरिरहेकोले विश्वास मानेर आफूले पनि भएभरको पैसा लगेर राखियो अहिले सहकारी भाग्छ भन्ने कुनै शंका नै थिएन्’, रञ्जितले भने ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार