23.1 C
Kathmandu

संसदीय समितिको क्लीन चिटले जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा फर्किए, अर्थतन्त्र सुदृढ बनाउने प्रतिवद्धता

काठमाडौं । संसदस्य समितिले जनार्दन शर्मालाई क्लीन चिट दिएपनि शर्मा उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मा सुम्पेका छन् ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतवार साँझ शपथ लिएलगत्तै अर्थ मन्त्रालयमा शर्माले पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरेका छन् । अर्थ सचिव मधु मरासिनी जानकारी नै नगरी सम्पर्कविहीन भएका जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताकोे आरोप लागेपछि शर्माले असार २२ गते मन्त्री पदबाट राजीनामा गरेका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको भन्दै शर्मालाई सफाइ दिएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार