26.1 C
Kathmandu

बिजुली निर्यातको उत्साहसँगै व्यापार घाटा घट्ने, पहिलो बर्षनै १६ अर्बको बिजुली बेच्ने

काठमाडौं । बिजुली निर्यातको उत्साहसँगै नेपालको व्यापार घाटा घट्ने भएको छ । नेपालले बिजुली निर्यात गर्न थालेको पहिलो बर्षनै १६ अर्ब रुपैयाँको बिजुली बेच्ने भएको छ । नेपालले १९ जेठबाट मात्रै औपचारिक रुपमा नेपालको बिजुली भारतमा बेच्न थालेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा उनले गत वर्ष ५ अर्बको विजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताएका हुन् ।

उनले विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने बताए । विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेको उनले बताए ।

विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष प्राधिकरणले करिव १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं । विद्युतको लागि जुन जोखिम लिएका थियौैं । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने कुरा हुँदैन’ उनले भने ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार