29.1 C
Kathmandu

बीमा कम्पनीहरु मर्जरमा जाँदा पाउने छूटको समय सकियो, १६ कम्पनीले गरे सम्झौता

काठमाडौं । बीमा कम्पनीहरु मर्जरमा जाँदा पाउने छूटको समय सकिएको छ । बीमा समितिले असार मसान्तभित्रको लागि दिएको समय सीमा शुक्रबारबाट सकिएको छ । शनिबार असार मसान्त भएकोले सम्झौता गर्ने र स्वीकृतिका लागि वीमा समिति जानुपर्ने समय सकिएको हो ।

बीमा समितिको छूटको सुविधा भने विभिन्न १६ कम्पनीले पाउने भएका छन् । यी कम्पनीले मर्जरका लागि गरेको सम्झौतासँगै बीमा कम्पनीबाट आवश्यक छूटसहितको सुविधा पनि पाउने भएका छन् ।

चालु आवको बजेटमा घोषणा गरिए अनुसार मर्जर तथा एक्वीजिशनमा जाँदा पाउने छुट सुविधाको म्याद सकिएको हो । बीमा कम्पनी तथा बैंकहरुले यही छुट सुविधाको लागि अन्तिम समयमा दौडधुप गर्दा २० वटा बीमा कम्पनी यस्तो सुविधा पाउनेछन् ।

चालु आवसम्ममा सम्झौतामा हस्ताक्षर गरी नियमाक निकायबाट स्वीकृत लिएकाहरुले यस्तो छुट सुविधा पाउनेछन् ।

हाल नेपालमा दर्ता भई सञ्चालित ३६ वटा जीवन बीमा निर्जिवन बीमा कम्पनीहरु छन् । जसमा १६ बीमा कम्पनीहरुले मर्जरको पारम्भिक सम्झौता गरिसकेका छन् । बाँकि २० कम्पनीहरुले भने मर्जरको प्रयास अझै जारी राखेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार