26.1 C
Kathmandu

नेपाल लाइफमा प्रविणरमण नियुक्त

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविणरमण पराजुलीलाई नियुक्ति भएका छन् । नेपाल लाइफको बोर्ड बैठकले पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको सिनियर डेपुटी सीईओका रुपमा काम गरिरहेको पराजुलीलाई बढुवा गरेर सीईओ बनाउने निर्णय भएको हो । उनलाई सीईओ नियुक्त गर्ने निर्णयलाई बीमा समितिले पनि स्वीकृतीको दिने संकेत दिइसकेको छ ।

समितिसमक्ष उनको नियुक्तिवारे कम्पनीले जानकारी गराएको छ । बीमा समितिले अन्तिम स्विकृती दिएपछि सीईओ पराजुली चार बर्षको लागि नियुक्त हुने छन् ।

यसअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको थिए । पछिल्लो समय सन्तोष प्रसाइले छोडेपनि नेपाल लाइफमा सीईओ खाली थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार