29.1 C
Kathmandu

वाणिज्य बैंकहरूमा एक खर्ब निक्षेप बढ्यो, कर्जा प्रवाह ठप्प रोकेर सीडी रेसियो मिलाउँदै

काठमाडौं । असारको ३ सातामा वाणिज्य बैैंकहरूमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले सार्वजनिक गरेको १४ असारसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४३ खर्ब ९४ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरूमा जेठ लागेदेखि नै बढेको निक्षेप उक्त महिनाको मसान्तमा ४४ खर्ब रुपैयाँ कुल निक्षेप थियो । असारको पहिलो साता यस्तो निक्षेपमा ६ अर्बले घटेको भएपनि पुनः ९४ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
यो अवधिकमा बैंकहरूको कर्जा प्रवाह भने ठप्प छ । बैंकहरूले जेठ लागेदेखि नै कर्जा प्रवाह रोकेर कर्जा निक्षेप अनुपात (सीडी) रेसियो मिलाउन लागेका छन् । बैैंकहरूले यस अवधिमा नयाँ कर्जा रोकेको र पुरानो पनि उठाइरहेका कारण असारमा मात्रै १९ अर्ब रुपैयाँ ऋण उठेको छ । सीडी रेसियो नमिलाई केन्द्रीय बैंकको कारवाही खानुपर्ने भएकाले पनि बैंकहरूले कर्जा रोकेका हुन् ।
तथ्यांक अनुसार वाणिज्य बैंकहरूले जेठ मसान्तसम्ममा ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । यस्तो लगानीको तथ्यांक असार २४ सम्ममा आइपुग्दा भने घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा आइपुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार